Heartfelt thanks to our members, sponsors, donors, CBOs, leaders, volunteers, and all well-wishers for making the SSF 2025 a great success.

संकल्प यात्रामा समुदायको ऐतिहासिक सहभागिता हुदै!

ग्रेटर सिड्नीमा नेपाली बहुसांस्कृतिक केन्द्र निर्माणका लागि यही अगस्त २९ देखि ३१ सम्म आयोजित ३ दिवसीय सिड्नी आध्यात्मिक महोत्सवको पूर्वसन्ध्यामा आयोजित १००८ कलश यात्रामा समुदायको अपार सहभागिता हुने भएको छ। कलश यात्रा सुरु हुनुभन्दा ३ हप्ता अगाडी नै १००८ कलशका लागि आवेदन प्राप्त भैसकेको छ । समुदायको मागलाई ध्यानमा राख्दै सिड्नीमा नै उपलब्ध हुने खालका केही थप कलशहरु पनि वितरण गर्न लागिएको जानकारी सिड्नी आध्यात्मिक महोत्सव, कलश यात्रा संयोजक मिना शर्माले जानकारी दिनुभएको छ। यस कार्यक्रमको Title Sponsor MARKQ Homes रहेको छ भने Platinum Sponsor Expert Education & Visa Services Aussie र Finance and Home Loans रहेको छ । यो कार्यक्रम सफल पार्नका लागि सिड्नीमा रहेका Finconnex, Primo Education & Visa , Hira’s Landscaping, Sydney Met लगाएत विभिन्न अन्य ब्यापारिक संस्थाहरुले समेत Sponsor गर्नुभएको छ ।

एकै साथ १००८ महिला दिदि-बहिनिहरुले गर्ने कलश यात्रा नेपाली समुदायमा यो पहिलो कार्यक्रम हो। नेपाली बहुसंकृतिक केन्द्र निर्माणकालागि आयोजना गरिएको यो ऐतिहासिक संकल्प यात्रामा सम्पूर्ण नेपाली समुदायको सक्रिय सहभागिताका लागि GSNMC समिति अनुरोध गर्दछ।

वाचन प्रविण दीन बन्धु पोख्रेलको गरिमामय उपस्थितिमा १००८ महिलाहरु द्वारा गरिने कलश यात्रामा बौद्ध लामा गुरु खेन्पो तेन्जिंङ् त्रिन्ले लगाएत अन्य धर्म गुरुहरुबाट आशिर्वाद ग्रहण गरिने कार्यक्रम छ। १००८ कलश यात्रा, तिन दिवसीय सिड्नी आध्यात्मिक महोत्सवको पहिलो दिन अगस्त २९ शुक्रबारका दिन बिहान ९ बजेदेखि सिड्नीको बरउड पार्कमा हुने छ।

कलश यात्राका साथमा नेपाली पन्चेबाजा सहितको बहुसांस्कृतिक झाँकी, सिड्नीस्थित नेपाली समुदायिक संघ-संस्थाका पदाधिकारीहरु, सदस्यहरु, दोश्रो पुस्ताका बालवालिकाहरु, थुप्रै आमन्त्रित अतिथिहरु लगाएत सिंगो नेपाली समुदाय हातेमालो गर्दै पदयात्रा गर्ने कार्यक्रम तय भएको छ।

कलश यात्रा पश्चात् ३ दिन भरि नै बिबिध धार्मिक, आध्यात्मिक र संस्कृतिक कार्यक्रमहरु हुनेछन्। बाचन प्रविण दीन बन्धु पोख्रेल, सिड्नीस्थित स्थानीय गुरुहरु तथा सामुदायिक संघ-संस्थाहरुको प्रस्तुती संगै थुप्रै जिवनोपोगी र मनोरंजनात्मका कार्यक्रमहरुको आयोजना गरिएको छ। महोत्वसमा नेपाली बहुसांस्कृतिक केन्द्र निर्माणमा अमूल्य सहयोग गर्नु हुने दाताहरुको पहिचान र सम्मान जस्ता कार्यक्रमहरु पनि राखिएको छ।

सिड्नीमा नेपाली बहुसांस्कृतिक केन्द्र निर्माणका लागि सचेतना र अर्थ संकलनका लागि आयोजना गरिएको बिबिध कार्यक्रम सहितको आध्यात्मिक महोत्सव र यस प्रति समुदायले देखाएको उत्साहजनक सहभागिताले थुप्रै सकारात्मक संदेशहरु दिएको छ। सामुहिक कलश यात्राका लागि छोटो समयमै १००८ भन्दा धेरै आवेदनहरु आउनु अत्यन्तै सकारात्मक सुरुवात हो। करिब तिन दर्जन भन्दा धेरै नेपाली ब्यबसायिहरु वाट यो महोत्सवलाई सहर्ष प्रायोजन गरिएको छ। सबैजसो सामुदायिक मिडियाहरुले पनि सिड्नी आध्यात्मिक महोत्सव सम्बन्धि समाचारहरु उच्च प्राथमिकता साथ प्रकाशन र प्रसारण गरेका छन्। करिब ५० भन्दा धेरै सामुदायिक संघ-संस्थाहरुले यो महोत्सवमा सक्रिय स्वयंसेवी भूमिका निर्वाह गर्दै छन्। यसरि सबै क्षेत्रबाट देखाइएको यो अमूल्य सद्भाव, एकता  र ऐक्याबद्दताले नेपाली बहुसांस्कृतिक निर्माणमा समग्र नेपाली समुदाय सकारात्मक छ भन्ने बुझिन्छ।

अष्ट्रेलियामा पहिलो पुस्ताको नेपाली आप्रवाशी भएको नाताले पनि हाम्रो नेपाली पन, नेपाली मन, भाषा संस्कृतिको जागरण, जगेर्ना र पुस्तान्तरण गर्दै नेपालीहरुलाई एकताको सूत्रमा गाँस्ने पबित्र उदेश्यले निर्माण गर्न लागिएको नेपाली बहुसांस्कृतिक केन्द्र अभियानमा जुट्न ग्रेटर सिड्नी नेपाली बहुसांस्कृतिक केन्द्र (GSNMC) समिति हार्दिक अनुरोध गर्दछ।

यो पवित्र आध्यात्मि, समुदायिक अभियानमा सहभागी बन्न सबैलाई स्वागत गर्दछौ। इच्छुक स्वयंसेवीहरु तलको लिंक मार्फत आफ्नो कम्फर्मेशन पठाइदिनु हुन अनुरोध छ :  https://shorturl.at/7tZvO

Latest News and Events

Stay tuned for the upcoming events

15th February 2026

ग्रेटर सिड्नी नेपाली मल्टिकल्चरल सेन्टर (GSNMC) को प्रथम वार्षिक साधारण सभा सम्पन्न

ग्रेटर सिड्नी नेपाली मल्टिकल्चरल सेन्टर (GSNMC) ले फेब्रुअरी १५ मा सिड्नीस्थित Grand Palace Function Centre, Auburn मा प्रथम वार्षिक साधारण...

4th December 2025

नेपाली अभिभावक कल्याण समाज Campsie बाट देऊसी-भैलो संकलित रकम प्रदान

तिहारको अवसरमा देऊसी-भैलो खेलेर जम्मा भएको रकम नेपाली अभिभावक कल्याण समाज क्याम्सीले $1025 Greater Sydney Nepalese Multicultural Centre (GSNMC) लाई...

16th November 2025

GSNMC को Thanksgiving कार्यक्रम सम्पन्न

Greater Sydney Nepalese Multicultural Centre (GSNMC) ले अगस्ट २९ देखि ३१, २०२५ सम्म सफलतापूर्वक सम्पन्न Sydney Spiritual Festival 2025 को...