तिहारको अवसरमा देऊसी-भैलो खेलेर जम्मा भएको रकम नेपाली अभिभावक कल्याण समाज क्याम्सीले $1025 Greater Sydney Nepalese Multicultural Centre (GSNMC) लाई दान प्रदान गर्नु भएको छ।
यस सहयोगप्रति GSNMC परिवार अत्यन्तै कृतज्ञ छ। समाजका अध्यक्ष श्री बीरेन्द्र बानिया ज्यु लगायत सम्पूर्ण पदाधिकारी ज्युहरूलाई GSNMC को तर्फबाट हार्दिक आभार व्यक्त गर्दछौँ। यहाँहरूको निरन्तर सहयोगले “Mini Nepal” लगायतका हाम्रो सामुदायिक उद्देश्यहरूलाई थप ऊर्जा र प्रेरणा मिलेको छ।

हामी यहाँहरूको सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछौँ। 🙏🙏