Heartfelt thanks to our members, sponsors, donors, CBOs, leaders, volunteers, and all well-wishers for making the SSF 2025 a great success.

ग्रेटर सिड्नी नेपाली मल्टिकल्चरल सेन्टर (GSNMC) ले फेब्रुअरी १५ मा सिड्नीस्थित Grand Palace Function Centre, Auburn मा प्रथम वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको छ ।

साधारण सभाबाट विष्णु हमालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ । आगामी दुई वर्षे कार्यकालका लागि उहाँ सर्वसम्मत रुपमा अध्यक्ष पदमा पुनः निर्वाचित हुनुभएको हो। नवनिर्वाचित कार्यसमितिलाई मन खत्रीको नेतृत्वमा सुजित सिग्देल र किरण अधिकारी सदस्य रहेको तीन सदस्यीय निर्वाचन समितिले पद तथा गोपनीयताको शपथ ग्रहण गराएको थियो।

कार्यक्रममा प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूले अध्यक्ष हमालसहित उपाध्यक्ष उमेश पन्त, महासचिव डा. प्रकाश पौडेल, कोषाध्यक्ष प्रकाश बस्ताकोटी र पब्लिक रिलेशन अफिसर महेन्द्र लम्साल सहित सम्पूर्ण कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो।

सिड्नीमा नेपाली बहुसाँस्कृतिक केन्द्र निर्माण गर्ने लक्ष्यसहित स्थापना गरिएको संस्थाको वार्षिक प्रतिवेदन अध्यक्ष हमालद्वारा प्रस्तुत भई सभाबाट पारित गरिएको थियो । उहाँले संस्थाका विगतका उपलब्धि, अवसर तथा चुनौतीका साथै भावी योजनाबारे धारणा राख्नुभएको थियो । त्यसैगरी महासचिवको प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन पनि पारित भएका छन्।

आर्थिक विवरण प्रस्तुत गर्दै कोषाध्यक्ष बस्ताकोटीले सदस्यता शुल्क तथा सहयोगमार्फत हालसम्म करिब ९ लाख अष्ट्रेलियन डलर संकलन भएको जानकारी दिनुभयो । साथै, महायज्ञ कार्यक्रममा ८८ जना दाताबाट प्रतिबद्ध गरिएको २ मिलियनभन्दा बढी अष्ट्रेलियन डलरमध्ये १ लाख ३६ हजार डलर प्राप्त भइसकेको उल्लेख गर्नुभयो।

कार्यक्रमका वक्ताहरूले नेपाली कला, संस्कृति, परम्परा र पहिचान जगेर्ना गर्ने उद्देश्यले अघि बढाइएको “मिनी नेपाल” निर्माण अभियानलाई सबैको साथ र सहयोग आवश्यक रहेको जोड दिएका थिए। यस अभियानले अष्ट्रेलियाली समुदायलाई नेपाली समाज बुझ्न थप सहयोग पुग्ने विश्वास पनि व्यक्त गरिएको थियो।

नवनिर्वाचित कार्यसमितिमा अध्यक्ष विष्णु हमाल, उपाध्यक्ष उमेश पन्त र देव बहादुर गुरुङ, महासचिव डा. प्रकाश पौडेल, कोषाध्यक्ष प्रकाश बस्ताकोटी, सह–कोषाध्यक्ष अमृत आचार्य, पब्लिक रिलेशन अफिसरमा सुदर्शन थापा रहेका छन्। सदस्यहरूमा बाबु गौतम, प्रतिज्ञा अधिकारी, महेन्द्र लम्साल, लक्ष्मी बस्ताकोटी, मीना शर्मा, पुरुषोत्तम सडौला, कल्याणी वर्तौला, सुवान्स साह, विजय पौडेल उपाध्याय र प्रिति शर्मा रहनुभएको छ। थप दुई सदस्य पछि मनोनयन गरिनेछ।

नवनिर्वाचित कार्यसमितिले यसै बर्ष भित्र २,००० सदस्य संख्या पुर्‍याउने, स्थानीय सरकारसँग सहकार्य गर्दै यसै वर्ष ४ हेक्टर जग्गा खरिद गर्ने तथा नेपाली कला, संस्कृति र सामाजिक मूल्यहरूलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने योजना अघि सारेको छ।

कार्यक्रमको अवसरमा संस्थाको स्थापना देखि हालसम्म सहयोग पुर्‍याउने संघसंस्था तथा व्यक्तिहरूलाई सम्मानपत्र प्रदान गरिएको थियो। नेपाली कला संस्कृतियुक्त बालबालिकाको प्रस्तुतीले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।

Latest News and Events

Stay tuned for the upcoming events

15th February 2026

ग्रेटर सिड्नी नेपाली मल्टिकल्चरल सेन्टर (GSNMC) को प्रथम वार्षिक साधारण सभा सम्पन्न

ग्रेटर सिड्नी नेपाली मल्टिकल्चरल सेन्टर (GSNMC) ले फेब्रुअरी १५ मा सिड्नीस्थित Grand Palace Function Centre, Auburn मा प्रथम वार्षिक साधारण...

4th December 2025

नेपाली अभिभावक कल्याण समाज Campsie बाट देऊसी-भैलो संकलित रकम प्रदान

तिहारको अवसरमा देऊसी-भैलो खेलेर जम्मा भएको रकम नेपाली अभिभावक कल्याण समाज क्याम्सीले $1025 Greater Sydney Nepalese Multicultural Centre (GSNMC) लाई...

16th November 2025

GSNMC को Thanksgiving कार्यक्रम सम्पन्न

Greater Sydney Nepalese Multicultural Centre (GSNMC) ले अगस्ट २९ देखि ३१, २०२५ सम्म सफलतापूर्वक सम्पन्न Sydney Spiritual Festival 2025 को...