Heartfelt thanks to our members, sponsors, donors, CBOs, leaders, volunteers, and all well-wishers for making the SSF 2025 a great success.

Greater Sydney Nepalese Multicultural Centre (GSNMC) ले अगस्ट २९ देखि ३१, २०२५ सम्म सफलतापूर्वक सम्पन्न Sydney Spiritual Festival 2025 को समापन तथा योगदानकर्ताप्रति सम्मान व्यक्त गर्ने उद्देश्यले आइतबार, १६ नोभेम्बर २०२५ मा Grand Palace Function Centre, Auburn मा भव्य Thanksgiving कार्यक्रम सम्पन्न गरेको छ।

केन्द्रका अनुसार उक्त कार्यक्रम समुदायलाई विभिन्न माध्यमबाट सहयोग पुर्‍याउने Donors, Sponsors, Volunteers, Performers, Media Partners तथा Community Organisations का नेतृत्वकर्ताहरूलाई सम्मान र कदर प्रकट गर्ने उद्देश्यले आयोजना गरिएको थियो । कार्यक्रममा डोनेसन, स्पोन्सरसिप, स्वयंसेवा, प्रस्तुति तथा मिडिया योगदानमार्फत साथ दिनु हुने सहभागीहरूलाई मायाको चिनोप्रशंसापत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा संस्थाका अध्यक्ष विष्णु हमालले हालसम्मको समग्र प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष प्रकाश बस्ताकोटीले आर्थिक प्रगति विवरण साथै Sydney Spiritual Festival को आय-व्यय विवरण प्रस्तुत गर्नुभएको थियो।

यस अवसरमा अष्ट्रेलियाका लागि नेपाली राजदूत महामहिम चित्रलेखा यादवले नेपालबाट अष्ट्रेलिया आएर बसोबास गर्ने नेपाली समुदायले “Mini Nepal” निर्माणतर्फ अघि बढाएको प्रयास अत्यन्तै सराहनीय रहेको उल्लेख गर्दै नेपालीपन, भाइचारा र सांस्कृतिक पहिचानलाई मजबुत बनाउने यस पुणित कार्यमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।

कार्यक्रमका क्रममा Sydney Spiritual Festival अन्तर्गत गरिएको Lucky Draw का Gold PrizeSilver Prize विजेताहरूको घोषणा समेत गरिएको थियो।

GSNMC ले सबै सहयोगी हातहरूप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनहरूमा पनि समुदायको एकता, सहकार्य र साझा प्रयासलाई अझ सुदृढ बनाउँदै दीर्घकालीन सामुदायिक लक्ष्यहरूतर्फ अघि बढ्ने बताएको छ।