Heartfelt thanks to our members, sponsors, donors, CBOs, leaders, volunteers, and all well-wishers for making the SSF 2025 a great success.

सिड्नी आध्यात्मिक महोत्सवको पहिलो दिन कलश यात्रा तथा बिबिध कार्यक्रमहरु अपार सहभागिताका साथ सम्पन्न भएको छ| १२०८ कलश यात्रामा पन्चकन्या, पन्चे बाजा सहित सिड्नीमा स्थापित ५० भन्दा धेरै सामुदायिक संघ-संस्थाहरुबाट करिब १५०० भन्दा धेरैको उपस्थितिले बरउड पार्क संगीतमय बनेको थियो ।


कलश यात्रा पश्चात् आयोजित औपचारिक कार्यक्रमका प्रमुख अतिथि अष्ट्रेलियाका लागि नेपाली राजदूतका तर्फबाट कुल बहादुर मगरले कार्यक्रमको सफलताको शुभकामना दिनु भएको थियो । त्यसै गरि एनएसडब्लु  प्रिमियर क्रिस मिन्स का तर्फबाट बहुसांस्कृतिक मामिला सम्बन्धि संसदीय सचिब माननीय मार्क बटीगेग, बहुसांस्कृतिक मामिला मन्त्रिका प्रतिनिधि जेसन यात-सेन लि, संघिय सांसद स्याली सिटो, बरउड मेयर जोन फाकेर का तर्फबाट काउन्सिलर सुकीर्ति भट्ट, एनआरएनए आध्यक्ष अनिल पोख्रेलले तिन दिवसीय आध्यात्मिक महोत्सवको सफलताको शुभकामना दिनु भएको थियो ।

आध्यात्मिक महोत्सवको पूर्वसन्ध्यामा पूज्य बौद्द धर्म गुरु टुल्कु सोनाम रिम्पुचे र वाचन प्रविण दीन बन्धु पोख्रेलबाट आशिर्वाद वाचन प्राप्त भएको थियो भने भरत नाट्यम लगायत अन्य धार्मिक आध्यात्मिक नृत्य प्रस्तूत गरिएको थियो ।
महोत्सवको पहिलो दिन, सिड्नीमा नेपाली बहुसांस्कृतिक केन्द्र निर्माणका लागि दाताहरुले अष्ट्रेलियन डलर ४ लाख भन्दा धेरै दान गर्ने प्रतिबद्दता व्यक्त गर्नु भएको छ।


पहिलो दिनमा दान गर्नुहुनेहरुमा GSNMC अध्यक्ष बिष्णु हमाल/सपना हमालबाट १ लाख डलर, GSNMC उपाध्यक्ष उमेश पन्त/सिर्जना पन्तबाट १ लाख डलर, AIA अष्ट्रेलियाका निर्देशक समाजसेवी सुभान्स साहबाट १ लाख डलर, महेन्द्र लम्साल/लता लम्सालबाट २५ हजार डलर, सुजित सिग्देल/साधना सिग्देलबाट १० हजार डलर, बिष्णु घिमिरे/अन्जु घिमिरेबाट १० हजार डलर, मिना शर्मा/शुबर्ण शर्माबाट १० हजार डलर, प्रकाश बस्ताकोटी/सिर्जना बस्ताकोटीबाट १० हजार डलर, अमृत आचार्य/रमा आचार्यबाट १० हजार डलर, कल्याणी बर्तौला/बिनोद बर्तौलाबाट १० हजार डलर, प्रतिज्ञा अधिकारीबाट १० हजार डलर र सुमन बर्तौला/सिर्जना सिग्देलबाट पाच हजार एक डलर दान प्राप्त भएको छ। पहिलो दिनको अन्तिमसम्म १५ जनाले आजीवन सदस्यता लिनु भएको छ। नगद दान पेटिकामा $२०१० प्राप्त भएको थियो ।


शनिबार र आइतबार साँझसम्म चल्ने सिड्नी आध्यात्मिक महोत्सवमा उपस्थित भइ सिड्नीमा स्थापना गर्न लागिएको नेपाली बहुसांस्कृतिक केन्द्र निर्माण अभियानमा सहभागि भैदिनु हुन GSNMC सबैलाई हार्दिक अनुरोध गर्दछ।